सुन तस्करीमा संलग्न भारतीय गिरोहको ४ वटा फ्ल्याट फेला

3.67K
shares

काठमाडौँ । ललितपुरमा बसेर सुन तस्करी गर्ने गिरोहको ४ वटा फ्ल्याट भेटिएको छ । ४ दिनको अनुसन्धानपछि गिरोहले सुन तस्करी गर्न भाडामा लिएको चारवटा फ्ल्याट भेटिएको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी नरेश सुवेदीले बताए ।

ललितपुर प्रहरीले चारवटै फ्ल्याटमा छापा मारेर दुईवटा सुन गाल्ने मेसिन, डेढ केजी भन्दा धेरै सुन र सुनको गुणस्तर परीक्षण गर्ने मेसिन बरामद गरेको छ । ललितपुर स्थित ताल्छिखेलमा दुई ठाउँमा, पाटन र काठमाडौँको टोखा नगरपालिका–५ मा उनीहरूले भाडामा फ्ल्याट लिएर सुनको कारोबार गरेका हुन् ।

बरामद सामान सहित कारोबारमा संलग्न ६ जनालाई पक्राउ गरिएको छ । आरोपीहरूलाई कानुनी कारबाहीका लागी राजस्व अनुसन्धान विभागमा बुझाइएको एसपी सुवेदीले जानकारी दिए ।

असार २० मा प्रहरी वृत्त सातदोबाटोबाट खटिएको टोलीले ललितपुर महानगरपालिका–१४ मा २८ वर्षका भारतीय नागरिक युवराज विभुतेले भाडामा लिएको फ्ल्याटमा छापा मारेको थियो । त्यस दिन विभुेतेसहित ५ जना पक्राउ परेका थिए ।

पक्राउ पर्नेमा भारत घर भएका २० वर्षीय विक्रम यलवर, १८ वर्षीय अभिषेख विभुते, भक्तपुर सूर्यविनायक नगरपालिका–१ बिरुवा बस्ने वर्ष २० को सिद्धान्त चौलागाईं, ललितपुर महालक्ष्मी नगरपालिका वडा नम्बर–८ बस्ने २० वर्षीय यसवन्त सुनार छन् । फ्ल्याटबाट प्रहरीले ५० लाख नगद बरामद गरेको थियो ।

उनीहरूको बयानको आधारमा महाराष्ट्र घर भएर काठमाडौँ–५ टोखा बस्ने २१ वर्षीय विजय सम्पत खिलारी पक्राउ परे । खिलारी बस्ने फ्ल्याटबाट प्रहरीले १ केजी सुनको बिस्कुट र १५ वटा साना ढिक्का बरामद गरेको थियो । उनको फ्ल्याटमा ७ लाख ९७ हजार नगद भेटियो ।

प्रहरीले अहिलेसम्म ४ वटा फ्ल्याटबाट डेढ किलो भन्दा बढी सुन र दुईवटा सुन गाल्ने मेसिन बरामद गरेको छ । सुनको गुणस्तर परीक्षण गर्ने मेसिन पनि बरामद गरिएको एसपी सुवेदीले  बताए ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083