‘समाजवादी मोर्चा पुनर्गठनबारे नेताहरूबिच छलफल भयो’ : रमेश मल्ल

Nepal Life Insurance Long Ad

काठमाडौँ । समाजवादी मोर्चा पुनर्गठनबारे छलफल भएको छ । बुधबार बेलुका प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र सम्मानित नेता झलनाथ खनाल, नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवसहितका नेताहरूबिच मोर्चा पुनर्गठनबारे प्रारम्भिक छलफल भएको हो ।

प्रधानमन्त्री प्रचण्डका स्वकीय सचिव रमेश मल्लले नेताहरूबिचको छलफलमा पछिल्लो राजनीतिक घटनाक्रमबारे प्रधानमन्त्रीले ब्रिफिङ गरेको र अन्य नेताहरूले आफ्ना धारणा राखेको बताए ।

‘आजको मोर्चाको बैठकमा विकसित राजनीतिक घटनाक्रमको बारेमा प्रधानमन्त्रीले ब्रिफिङ गर्नुभयो । त्यसपछि अन्य नेताहरूले पनि धारणा राख्नुभयो । त्यसपछि मोर्चाको पुनर्गठनबारे प्रारम्भिक छलफल भनिएको छ, अर्को मिटिङसम्म टुंगो लाग्छ’, मल्लले भने ।

२६ असार २०८१, बुधवार २०:१५ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु