प्रचण्डको पेरिसडाँडा जाने कार्यक्रम स्थगित

2.87K
shares

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको केन्द्रीय कार्यालय पेरिसडाँडा जाने कार्यक्रम स्थगित भएको छ । शुक्रबार संसद्‌मा विश्वासको मतसम्बन्धी प्रस्तावको नतिजा आएपछि सिधै पार्टी कार्यालय जाने कार्यसूची तय भएको थियो ।

तर प्रधानमन्त्री प्रचण्ड राष्ट्रपति भेट्न शीतल निवास पुगेपछि कार्यक्रम स्थगित भएको कार्यालय सचिव डोरप्रसाद उपाध्यायले जानकारी दिए । उपाध्यायका अनुसार प्रचण्ड शीतल निवासबाट सिधै निजी निवास खुमलटार जानेछन् ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083