डिएसपी शिवराज बुढाथोकीकाे प्रमुख आतिथ्यतामा “शान्ति सुरक्षा सम्बन्धी नागरिक सुनुवाई कार्यक्रम” सम्पन्न
वि.सं.२०८१ असार ३० आइतवार ०१:५०
shares

काठमाडौ । प्रहरी वृत नयाँ बानेश्वरका प्रमुख प्रहरी नायब उपरीक्षक शिवराज बुढाथोकीकाे प्रमुख आतिथ्यतामा “शान्ति सुरक्षा सम्बन्धी नागरिक सुनुवाई कार्यक्रम” सम्पन्न भएको छ।
“समुदाय प्रहरी साझेदारी कार्यक्रम” अन्तर्गत प्रहरी वृत नयाँ बानेश्वर, प्रहरी प्रभाग कोटेश्वर, प्रहरी प्रभाग काडाँघारी, सामुदायिक सेवा तथा समाज विकाश एंव सामुदायिक प्रहरी सेवा केन्द्र कोटेश्वर-३२, र सहयोगीनगर सामुदायिक समाजको संयुक्त आयोजनामा काठमाडौ महानगरपालिका वडा ३२ सहयोगीनगर सामुदायिक समाजको सभा हलमा उक्त कार्यक्रम भएको हाे ।
कार्यक्रममा सामुदायिक सेवा तथा विकाश समाजका अध्यक्ष रविन्द्र थापाकाे अध्यक्षतामा, प्रहरी प्रभाग कोटेश्वरका प्रमुख प्रहरी निरीक्षक दल कुमार राई, प्रहरी प्रभाग काडाँघारीका प्रमुख प्रहरी निरीक्षक श्याम कुमार कटुवालट्रा ट्राफिक प्रहरी प्रभाग कोटेश्वरका प्र.ना.नि. लोकेन्द्र बहादुर खड्का, सहयोगीनगर सामुदायिक समाजका अध्यक्ष कृष्ण प्रसाद अधिकारीकाे बिशेष आतिथ्यता रहेको थियाे ।
साथै उक्त कार्यक्रममा टोल सुधार समितिका अध्यक्ष सिताराम चटौत, आत्म ज्ञान प्रचार संघका प्रचारक सहायक यमलाल खनाल र विभिन्न संघ संस्थाका अध्यक्ष तथा पदाधिकारीहरु का.म.न.पा.-३२ वडाका स्थानिय भद्र भलादमी, ज्येष्ठ नागरिक, महिला समुह र समाजसेवीहरु लगाएको उपस्थिति रहेको थियाे ।
































