डिआईजी कृष्णहरि शर्माको प्रमुख आतिथ्यतामा ‘जनचेतनामुलक पाठ्य सामाग्री २०८१ हस्तान्तरण एवं सम्झौता कार्यक्रम’ सम्पन्न
वि.सं.२०८१ असार ३१ सोमवार १२:१२
shares

काठमाडौ । काठमाडौं उपत्यका प्रहरी कार्यालयमा कार्यरत प्रहरी नायब महानिरीक्षक (डिआईजी) कृष्णहरि शर्माको प्रमुख आतिथ्यतामा ‘जनचेतनामुलक पाठ्य सामाग्री २०८१ हस्तान्तरण एवं सम्झौता कार्यक्रम’ सम्पन्न भएको छ ।
विद्यालय स्तरका बाल-बालिकालाई लागू औषध दुर्व्यसनी, साईवर अपराध, विद्यालय स्तरमा हुने यौन हिंसा तथा यौन जन्य अपराध, सवारी दुर्घटना, चोरी लगायत बिभिन्न समाजिक विकृति विसंगतिबाट वचाउन एवं विद्यालयमा शिक्षक वर्ग मार्फत विद्यार्थी एवं अभिभावकहरुलाई सचेतना अभिवृद्दी गरि अपराध न्यूनिकरण एवं नियन्त्रण गर्ने प्रमुख लक्ष्यका साथ उक्त कार्यक्रम टोखा नगरपालिकाको सभा हलमा नगर प्रमुखको अध्यक्षतामा भएको हो ।

जिल्ला प्रहरी परिसर, काठमाडौंबाट जनचेतनामूलक पाठ्य सामाग्री तयार गरी टोखा नगरपालिका र जिल्ला प्रहरीको साझेदारीमा टोखा नगरपालिका भित्रका सम्पूर्ण सार्वजानिक नीजि तथा संस्थागत विद्यालय प्रधानाध्यपकहरुसँग अनिवार्य पढाई हुने गरी जनचेतनामूलक पाठ्यसामाग्री हस्तान्तरण तथा सम्झौता कार्यक्रम सम्पन्न भएको हो ।
उक्त कार्यक्रममा जिल्ला प्रहरी परिसर काठमाडौँका प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) बसन्त रजौरे, प्रहरी उपरीक्षक (एसपी) नवराज अधिकारी, प्रहरी वृत्त महाराजगन्जका प्रहरी नायब उपरीक्षक (डिएसपी) अमर थापा लगायत विद्यालयका प्रधानाध्यापकहरु, स्थानिय जनप्रतिनिधीहरुको उपस्थिती रहेको थियो ।
































