महान्यायाधिवक्ता पोखरेलले दिए राजीनामा
वि.सं.२०८१ साउन १ मंगलवार १५:५५
3.09K
shares
shares

काठमाडौं । महान्यायाधिवक्ता डा. दीनमणि पोखरेलले राजीनामा दिएका छन् ।
प्रधानमन्त्रीमा एमाले अध्यक्ष केपी शर्मा ओली नियुक्त भएपछि उनले पदबाट राजीनामा दिएका हुन् ।
महान्यायाधिवक्ता प्रधानमन्त्रीको कानुनी सल्लाहकार पद हो । पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री नियुक्त भएपछि उनले पोखरेललाई महान्यायाधिवक्तामा ल्याएका थिए ।
तत्कालीन गृहमन्त्री रवि लामिछाने विरुद्ध कुनै पनि निकायमा उजुरी र अभियोजन नरहेको भनी पत्र दिएका कारण पोखरेल विवादमा आएका थिए ।






























