Masters in Police Sciences (MPS) कार्यक्रम सञ्चालन सम्बन्धमा प्रगती विवरण समीक्षा कार्यक्रम सम्पन्न

काठमाडौ । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) सुदिप गिरीको अध्यक्षता एवम् त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायका डिन प्रा.डा. डिल्लीराज शर्माको प्रमुख आतिथ्यतामा नेपाल प्रहरीमा स्टाफ कलेजको अवधारणा अन्तर्गत निकट भविष्यमा सञ्चालन हुन गइरहेको Masters in Police Sciences (MPS) कार्यक्रम सञ्चालन सम्बन्धमा प्रगती विवरण समीक्षा वैठक एवम् छलफल कार्यक्रम सम्पन्न भएको छ ।
उक्त कार्यक्रममा कार्यकारी निर्देशकले MPS कार्यक्रम वृत्ति विकाससगं आवद्ध गरिएकोले यसको विशेष महत्व रहेको र सो MPS कार्यक्रमलाई सफल बनाउन निरन्तर सहयोग र सहकार्य आवश्यक रहेको कुरा समेत बताउनु भयो । साथै प्राध्यापक डा. डिल्ली राज शर्माले त्रिभुवन विश्वविद्यालय MPS कार्यक्रम सञ्चालनको सन्दर्भमा सकरात्मक रहेको र आवश्यकताअनुसार अन्य शैक्षिक पाटोमा निरन्तर सहयोग गर्ने प्रतिवद्धता समेत व्यक्त गर्नु भयो ।
उक्त कार्यक्रममा प्रतिष्ठानका निर्देशक प्रहरी नायव महानिरीक्षक राजन अधिकारी, सह-निर्देशक प्रहरी वरिष्ठ उपरीक्षक, प्रहरी उपरीक्षक, सिनियर जुनियर प्रहरी अधिकृतहरुको उपस्थीती रहेको थियो ।
७ साउन २०८१, सोमवार ११:३२ बजे प्रकाशित