डिआईजी रामदत्त जोशी एआईजीमा बढुवा सिफारिस

4.07K
shares

काठमाडौं । नेपाल प्रहरीमा रिक्त रहेको एआईजी पदमा नेपाल प्रहरीका डिआईजी रामदत्त जोशी बढुवा सिफारिस भएका छन्।

गृह मन्त्रालयको बढुवा समितिको सोमबार बसेको बैठकले जोशीलाई एआईजीमा बढुवा सिफारिस गरेको हो। तत्कालीन एआईजी उमेशराज जोशीले अनिवार्य अवकाश पाएपछि रिक्त पदमा उनको सिफारिस भएको हो।

उसो त यस अगाडि पोषराज पोखरेलको पनि बढुवा सिफारिस भएको थियो। तर सोही समयमा सरकारमा उथलपुथल भएपछि उनी बढुवा नभई अवकाशप्राप्त बनेका थिए।

सुदूरपश्चिम घर भएका जोशी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हाकिमको रुपमा कार्यरत छन्। तर उनको दरबन्दी भने दरबन्दी प्रहरी प्रधान कार्यालयमा छ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083