नेपाल कमर्स क्याम्पस मिनभवनमा ‘साईवर सुरक्षा सम्बन्धि प्रशिक्षण कार्यक्रम’ सम्पन्न

डीएसपी शिवराज वुढाथोकीको प्रमुख आतिथ्यतामा सम्पन्न

Nepal Life Insurance Long Ad

काठमाडौ । प्रहरी बृत्त नयाँ बानेश्वरका कार्यालय प्रमुख प्रहरी नायब उपरीक्षक शिवराज वुढाथोकीको प्रमुख आतिथ्यतामा साईवर सुरक्षा सम्बन्धि प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।

समुदाय-प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत प्रहरी बृत्त नयाँबानेश्वर ,सामुदायिक प्रहरी सेवा केन्द्र बानेश्वर ३१ र नेपाल कमर्स क्याम्पस मिनभवनको संयुक्त आयोजनामा काठमाडौ महानगरपालिका वडा नम्बर ३१ मिनभवन स्थित नेपाल कमर्स क्याम्पसमा उक्त कार्यक्रम भएको हो ।

May be an image of 5 people, people studying and text

कार्यक्रममा डीएसपी शिवराज वुढाथोकीले समग्रमा शान्ति सुरक्षा सम्बन्धि बिषयमा आफ्नो मन्तव्य राख्नु भएको थियो भने प्रशिक्षकले बिद्यार्थीहरूलाई साईबर सुरक्षा सम्बन्धी विविध बिषय र कानूनी प्राबधानका बारेमा स्पष्ट पार्नु भएको थियो ।

साईवर व्यूरो भोटाहीटीका प्रशिक्षक प्रहरी वरिष्ठ नायब निरीक्षक बिरेन्द्र सिंह धामीद्धारा BBM तहमा अध्ययनरत बिद्यार्थीहरूलाई नेपालमा साईवर अपराध सम्बन्धि वर्तमान अवस्था बिषयमा साईवर सुरक्षा सम्बन्धि सचेतनामूलक प्रशिक्षण गर्नु भएको थियो ।

May be an image of 5 people and text

१३ साउन २०८१, आइतवार १८:५७ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु