राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानबाट बिदा भए डीआईजी राजन अधिकारी !

5.08K
shares

काठमाडौ । प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) सुदीप गिरीको प्रमुख आतित्थतामा ‘बिदाई तथा फेरी भेटौला कार्यक्रम’ सम्पन्न भएको छ ।

नेपाल सरकार गृह मन्त्रालयको निर्णय अनुसार राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानबाट नेपाल प्रहरी प्रधान कार्यालय बिशेष ब्युरो नक्सालमा प्रहरी नायव महानिरीक्षक राजन अधिकारीको काज सरुवा भएको हो ।

May be an image of 9 people and text

साथै एआईजी सुदीप गिरीद्धारा उक्त कार्यक्रममा डिआईजी राजन अधिकारीले प्रहरी प्रतिष्ठानमा पुर्‍याउनु भएको उल्लेखनिय कार्यहरूको प्रशंसा गर्दै प्रतिष्ठानका तर्फबाट मायाको चिनो समेत प्रदान गरी आगामी दिनमा सफल कार्यकालको शुभकामना समेत व्यक्त गर्नु भयो ।

कार्यक्रममा प्रतिष्ठान तथा नेपाल प्रहरी अपराध अनुसन्धान विद्यालयका सिनियर प्रहरी अधिकृत सहित जुनियर प्रहरी अधिकृत तथा प्रहरी हवलदार र जवानहरूको उपस्थिति रहेको थियो।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083