एआईजी श्याम ज्ञवालीमाथि छानबिन थालेकोमा सांसदद्धारा असन्तुष्टि

Nepal Life Insurance Long Ad

काठमाडौँ । नेपाली कांग्रेसका सांसद हृदयराम थानीले प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआइबी प्रमुख श्याम ज्ञवालीमाथि छानबिन थालेकोमा असन्तुष्टि व्यक्त गरेका छन् । बुधवार प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिमा बोल्दै सांसद थानीले सरकार फेरिने बित्तिकै ज्ञवालीमाथि छानबिन थाल्दा भोलि आईजीपी कुँवरमाथि छानबिन नहोला भन्न नसकिने बताए ।

उनले आईजीपी कुँवरलाई हिजो आफू मातहत रहेको र सँगै काम गरेको प्रहरी अधिकारीलाई आज किन छानबिन गर्नुपर्‍यो भन्दै प्रश्न गरे । उनले भने– सीआइबी प्रमुखमाथि छानबिन गर्न टेकबहादुर राईको नेतृत्वमा ५ सदस्यीय छानबिन समिति बन्यो रे ? आईजीपी साप भोलि तपाईंमाथि पनि छानबिन होला । तपाईँ हिजो त्यही एआईजीको हाकिम होइन ?’

उनले बैठकमा सहभागी गृहमन्त्री रमेश लेखकलाई प्रहरी सङ्गठन भद्रगोल रहेको र सोच विचार गरेर काम गर्न आग्रह गरेका थिए ।

१६ साउन २०८१, बुधवार १६:२५ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु