(CDR Analysis) प्र.ज.देखि सि.प्र.अ.चौथो समूहको अन्तरक्रिया तथा तालिम समापन कार्यक्रम सम्पन्न
वि.सं.२०८१ साउन २० आइतवार १५:५८
3.37K
shares
shares

विराटनगर । कोशी प्रदेश प्रहरी तालिम केन्द्रका प्रमुख प्रहरी वरीष्ठ उपरीक्षक (एसएसपी) अबि नारायण काफ्लेको प्रमुख आतिथ्यतामा ‘टेलिफोन कल विवरण विश्लेषण (CDR Analysis) प्र.ज.देखि सि.प्र.अ.चौथो समूहको अन्तरक्रिया तथा तालिम समापन कार्यक्रम’ सम्पन्न भएको छ ।
२०८१ साउन ०२ गते देखी संचालन भएको १६ कार्य दिन अवधिको टेलिफोन कल विवरण विश्लेषण (CDR Analysis) प्र.ज.देखि सि.प्र.अ. चौथो समूहको तालिम आज सम्पन्न भएको हो ।
कार्यक्रममा प्रमुख अतिथिले आन्तरिक प्रशिक्षकको रुपमा CBI बाट आएका प्रहरी बरीष्ठ नायब निरीक्षक सूर्य भक्त श्रेष्ठ र CIB बाट आएका प्रहरी नायब निरीक्षकसन्जिव ढंगोललाई खदा र अविर लगाई मायाको चिनो प्रदान गर्नु भई टोलीमा खटिएका सम्पूर्ण प्रशिक्षक वर्गहरुलाई खदा र अबिर लगाई सम्मान गर्नु भयो ।

साथै दीक्षित भई जाने प्रहरी कर्मचारीहरुलाई शुभ-कामना एवं बधाई दिंदै कार्यक्षेत्रमा पाएको जिम्मेवारी अनुशासित, इमान्दार, कर्तव्यनिष्ठ, सभ्य र सुसंस्कृत हुँदै राज्य, संगठन र जनताप्रति इमान्दार भएर कार्यसम्पादन गर्नु हुन समेत निर्देशन दिनु भयो ।
उक्त कार्यक्रममा केन्द्रका सह-समादेशक प्रहरी नायव उपरीक्षक रविन विष्ट प्रहरी निरीक्षक तथा तालिम संयोजक गुरु प्रसाद तिम्सिना, सिनियर प्रहरी अधिकृतहरु, जुनियर प्रहरी अधिकृतहरु तथा प्रशिक्षक वर्गहरु समेतको उपस्थिति रहेको थियो ।
















