एआईजी दिपक थापाद्वारा जिल्ला प्रहरी परिसर ललितपुरकाे निरीक्षण
वि.सं.२०८१ साउन २१ सोमवार २३:१३
5.11K
shares
shares

ललितपुर । काठमाण्डौ उपत्यका प्रहरी कार्यालय रानीपोखरीका कार्यालय प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक दिपक थापाद्वारा जिल्ला प्रहरी परिसर ललितपुरकाे निरीक्षण कार्यक्रम सम्पन्न भएको छ ।
निरीक्षणको क्रममा उक्त कार्यालयको बिभिन्न शाखाहरु,हिरासत कक्ष लगायतको निरीक्षण गरि जिल्ला प्रहरी परिसर ललितपुरबाट सम्पादीत पछिल्लो गतिविधीहरुको बारेमा जानकारी लिनु भयाे ।

साथै परिसर तथा मातहतमा कार्यरत प्रहरी कर्मचारीहरुलाई अहिलेको सुरक्षा चुनौतीलाई मध्यनजर गर्दै अवलम्वन गरिनु पर्ने प्रहरी काम कारवाही तथा रणनिती , प्रहरीको अनुसाशन तथा आचरण व्यबहार, सेवा प्रवाह तथा नागरिक मैत्री व्यवहार , Chain of command , विपत उद्दारको अवस्थामा गर्नु पर्ने काम तथा सहाकार्य र समन्वय लगायतका अन्य समसामयिक विषयहरुमा आवश्यक निर्देशन समेत दिनु भएकाे थियाे ।

एआईजी दिपक थापाद्धारा QRT टोलीलाई Body Worn Camera हस्तान्तरण गर्दै परिसरको भित्र बृक्षारोपण समेत गर्नु भयाे ।
उक्त कार्यक्रममा उपत्यका प्रहरी कार्यालयमा कार्यरत डिआईजी कृष्णहरी शर्मा, ललितपुर जिल्ला प्रमुख प्रहरी बरिष्ठ उपरीक्षक शेखर खनाल, प्रहरी उपरीक्षक, सिनियर जुनियर प्रहरी अधिकृतहरुकाे उपस्थिति रहेको थियाे ।

















