ट्राफिक लाईट उद्घाटन कार्यक्रम सम्पन्न
वि.सं.२०८१ साउन २२ मंगलवार ००:०७
shares

बिराटनगर । कोशी प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री लिलाबल्लभ अधिकारीकाे प्रमुख आतिथ्यतामा ट्राफिक लाईट उद्घाटन कार्यक्रम सम्पन्न भएको छ ।
मोरङ जिल्लाको बिराटनगर महानगरपालिका वडा न. ५ बरगाछीमा जडान भएको ट्राफिक लाईटको आज मन्त्री लिलाबल्लभ अधिकारीद्वारा स्वीच अन गरेर उद्घाटन गर्नु भएको थियाे।
आन्तरिक मामिला तथा कानून मन्त्रालयको आर्थिक सहयोग तथा नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरी र जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङको समन्वयमा बढ्दो सवारी चाँप र जामलाई सहज बनाउन ट्राफिक लाईट जडान गरिएको हो ।
उक्त कार्यक्रममा कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरका प्रहरी बरिष्ठ उपरीक्षक भीम बहादुर दाहाल, नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरी सुनसरीका कार्यालय प्रमुख प्रहरी उपरीक्षक सरोज पौडेल,जिल्ला प्रहरी कार्यलय माेरङका प्रमुख एसपी नबराज कार्की, सुरक्षा निकायका प्रमुख, संचारकर्मी लगायत ट्राफिक प्रहरी कर्मचारीहरुको उपस्थिती रहेको थियो ।















