एआईजी सुदीप गिरीको प्रमुख आतिथ्यतामा नेपाल प्रहरी युक्ति तालिम महाविद्यालयको नवौँ वार्षिकोत्सव सम्पन्न
वि.सं.२०८१ साउन २३ बुधवार २२:२६
shares

काठमाडौ । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक एआईजी सुदीप गिरीको प्रमूख आतिथ्यतामा नेपाल प्रहरी युक्ति तालिम महाविद्यालयको नवौँ वार्षिकोत्सव सम्पन्न भएको छ।
नेपाल प्रहरी युक्ति तालिम महाविद्यालयको नवौँ वार्षिकोत्सवको पावन अवसरमा प्रहरी अतिरिक्त महानिरीक्षकले पानसमा बत्ति बाली “युक्ति दर्पण-२०८१” स्मारिकाको बिमोचन गर्दै महाविद्यालयको हाताभित्र वृक्षारोपण गर्नु भएको थियो ।
उक्त कार्यक्रममा सुनवल नगरपालिकाका नगर प्रमुख विमला अर्याल, रामग्राम नगरपालिकाका नगर प्रमुख धनपत यादव, नवलपरासी पश्चिमका प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठ, लिम्बिनि प्रदेश प्रहरी कार्यालय दाङका प्रमुख प्रहरी नायव महानिरीक्षक कुवेर कडायत, नेपाल प्रहरी युक्ति तालिम महाविद्यालयका प्राचार्य प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) दिप शम्शेर ज.ब.रा, जिल्ला सुरक्षा समितिका पदाधिकारी, सुनवल नगरपालिका जनप्रतिनिधी, युक्ति महाविद्यालयमा कार्यरत प्रहरी कर्मचारीहरू तथा विभिन्न तालिमका प्रशिक्षार्थीहरू समेतको उपस्थिति रहेको थियो ।
सोही अवसरमा महाविद्यालयमा कार्यरत उत्कृष्ट कार्यसम्पादन गर्ने प्रहरी कर्मचारीहरूलाई नगद तथा प्रशंसा-पत्रद्वारा पुरस्कृत गर्नुका साथै खेलकूदका विभिन्न विधाहरूमा विजयी भएका खेलाडीहरूलाई मेडल, प्रमाण-पत्र प्रदान गर्नुभएको थियो ।


















