एआईजी दिपक थापाको प्रमुख आतिथ्यतामा दर्ज्यानी चिन्ह सुशोभन कार्यक्रम सम्पन्न

6.01K
shares

काठमाडौ । प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) दिपक थापाको प्रमुख आतिथ्यतामा दर्ज्यानी चिन्ह सुशोभन कार्यक्रम सम्पन्न भएको छ ।

२०८१/०४/२२ गतेको निर्णयानुसार संचार प्राविधिक तर्फ प्रहरी बरिष्ठ नायव निरीक्षक पदबाट प्राविधिक प्रहरी निरीक्षक पदमा बढुवा भएका प्राविधिक प्रहरी निरीक्षक अम्मर बहादुर खत्रीलाई काठमाण्डौं उपत्यका प्रहरी कार्यालयमा आज आयोजित एक कार्यक्रमकाबीच दर्ज्यानी चिन्ह सुशोभन कार्यक्रम भएको हो ।

May be an image of 6 people and text

सुशोभन समारोहलाई सम्बोधन गर्दै एआईजी थापाले पदोन्नति भएका प्रहरी अधिकृतहरूले पदोन्नतिसँगै काँधमा थपिएको जिम्मेवारी अनुरुप पदीय मर्यादा रहने गरी राज्यले खटाएको स्थानमा कटिवद्ध रुपमा कार्य गर्न निर्देशन दिनुभयो ।

कार्यक्रममा प्रहरी नायव महानिरिक्ष कृष्ण हरि शर्मा पोख्रेल , सिनियर प्रहरी अधिकृतहरू तथा अन्य प्रहरी कर्मचारीहरूको उपस्थिति रहेको थियो ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083