कथा संग्रह सादृश्य बिम्ब र नाटक लेखान्त लोकार्पण

Nepal Life Insurance Long Ad

काठमाडौँ। साहित्यकार प्रहरी उपरीक्षक नविनकिशोर प्रधानको दुई कृति कथा संग्रह सादृश्य बिम्ब र नाटक लेखान्तको प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले आज एक समारोहकाबीच लोकार्पण गरेका छन् ।

अक्षरधाम प्रकाशन प्रालिले बजारमा ल्याएको उक्त कृतिले समसामयिक विषयलाई समेटेको छ । लामो समयदेखि साहित्यको क्षेत्रमा लाग्दै आएका साहित्यकार प्रधानले लोक, आधुनिक,पप र नेपाली चलचित्रका दर्जनौँ गीत सिर्जना गरेका छन् ।

May be an image of 5 people, helicopter and text

साहित्यकार प्रधानका कृति लेखान्त नाटकको बारेमा साहित्यकार डा.भक्त राईले समिक्षात्मक टिप्पणी गरेका थिए । कथा संग्रह सादृश्य बिम्बको बारेमा प्राज्ञ डा. मधुसूदन गिरीले टिप्पणी गरेका थिए ।

उक्त कृति विमोचन पछि प्रहरी महानिरीक्षक कुँवरले नेपाल प्रहरीमा सदस्यहरु साहित्य सिर्जना गरेर नेपाली साहित्यमा टेवा दिने प्रयास गरेको बताए । उनले प्रहरी कर्मचारी बन्दुक र लाठी मात्रै बोक्दैनन् भन्ने उदाहरण कृतिकार प्रधानले पुष्टि गरेको बताए ।

उक्त कार्यक्रममा प्रहरी अतिरीक्त महानिरीषक टेक बहादुर तामाङ, प्रहरी बरीष्ठ अधिकृतहरु, बौद्धीक वर्ग,कवि,साहित्यकार लगाएतको उपस्थिती रहेको थियो ।

May be an image of ‎9 people, clarinet, dais and ‎text that says '‎አዕ÷ साहदित्यकार जवीन प्रधानबार रचित सादश२्य ्थासुरह लेख्वानस ಕಗಡಪ जुन कृति लोकार्षण समागोह มตูลส अरतिथ जोगान प्रहरीका सजचन प्रमुरा बनब्द ይይው :02 टेपास રાતी वाजनाय्ी जत tm حب :2 ররय マ〇くを तयौजक अदायगाग पমহন 91.li., आलाजो‎'‎‎

May be an image of 6 people, dais and text

२६ साउन २०८१, शनिवार १६:३४ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु