लागुऔषध दुर्व्यसनी निगरानी कक्षको स्थापना

3.65K
shares

सुनसरी । कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरका प्रहरी वरीष्ठ उपरीक्षक भीम बहादुर दाहालको प्रमुख आतिथ्यतामा तथा जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी उपरीक्षक बिपिन रेग्मीको अध्यक्षतामा लागुऔषध निगरानी कक्षको समुद्‍घाटन भएको छ । सुनसरीको कोशी गाउँपालिका-८ स्थितमा लागुऔषध दुर्व्यवसनी निगरानी कक्षको स्थापना भएको हो ।

समुद्‍घाटन कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि दाहालले समाजमा डरलाग्दो समस्याको रुपमा रहेको लागुऔषधको प्रयोगले अपराधिक घटनाहरुको बृद्धि हुने तथा युवा वर्गहरु लागुऔषधको कुलतमा लाग्दा व्यक्ति स्वयम, परिवार र राज्यलाई समेत दिर्घकालिन असर पुग्ने भएको हुँदा यसको रोकथाम तथा नियन्त्रणको लागि लागुऔषध दुर्व्यवसनी निगरानी कक्षको स्थापना गरिएको बताउनु भयो।

May be an image of 5 people, people studying and text

उक्त निगरानी कक्षमा प्रहरी नायव निरीक्षक सहित ६ जना प्रहरी कर्मचारीहरुलाई भण्टावारी स्थित सिमा नाकाबाट आवत जावत गर्ने संकित व्यक्तिलाई चेकजाँच, नियन्त्रण तथा काउन्सिलिङको लागि परिचालन गरिएको छ । इलाका प्रहरी कार्यालय भण्टाबारी परिसरमा स्थापना भएको निगरानी कक्षको उद्‍घाटन कार्यक्रममा स्थानिय जन प्रतिनिधि, समाजसेवी बुद्धिजिवी, संचारकर्मी लगायत स्थानियबासीहरु समेतको उपस्थिति रहेको थियो ।

May be an image of 2 people and text

May be an image of 11 people and text


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083