सरकारद्धारा सिग्देललाई प्रधानसेनापति बनाउन राष्ट्रपति समक्ष सिफारिस

Nepal Life Insurance Long Ad

काठमाडौं । नेपाली सेनाको कायम मुकायम प्रधानसेनापति अशोकराज सिग्देललाई प्रधानसेनापति बनाउन राष्ट्रपतिसमक्ष सिफारिस गरिएको छ ।

बिहीबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले कामु प्रधानसेनापति सिग्देललाई प्रधानसेनापति बनाउन राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो ।

सरकारले गत साउन १४ गते सिग्देललाई कामु प्रधानसेनापतिको जिम्मेवारी दिएको थियो।प्रधानसेनापति प्रभुराम शर्मा भदौ २४ मा अवकासमा जाने भएपछि साउन २४ गतेदेखि बिदामा बसेका छन् ।

त्यसपछि सिग्देललाई कामुको जिम्मेवारी दिइएको छ।

३२ साउन २०८१, शुक्रवार १३:४४ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु