गृहमन्त्री रमेश लेखकद्वारा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान परियोजनाको स्थलगत अनुगमन कार्यक्रम सम्पन्न
वि.सं.२०८१ भदौ १ शनिवार १६:१४
shares

काठमाडौ । भारत सरकारको अनुदान सहयोगमा काभ्रेपलाञ्चोक जिल्लाको पनौतीमा निर्माण हुँदै गरेको राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान परियोजनाको स्थलगत भ्रमण तथा अनुगमन कार्यक्रम, गृह मन्त्री रमेश लेखकको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ। कार्यक्रममा आयोजनाका परामर्शदाताले परियोजनाको वर्तमान प्रगतीको प्रस्तुतिकरण गर्नु भएको थियो।

उक्त कार्यक्रममा नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तव, आईजीपी बसन्त बहादुर कुँवर, राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक एआईजी सुदिप गिरी, भारतीय राजदूतावास, नेपालका प्रथम सचिव अबिनाश कुमार सिंह, बाग्मती प्रदेशका सांसद कञ्चन चन्द्र वादे लगायत Central Public Works Department (CPWD) का परामर्शदाता ईन्जिनियर, निर्माण व्यवसायी आ ACIL-RCPL JV का प्राविधिक तथा प्रतिनिधीहरुको उपस्थिति रहेको थियो।




































