गठ्ठाघर दुर्घटना प्रकरण : तथ्य बुझ्न एसपी प्रजित केसीको नेतृत्वमा समिति गठन

2.68K
shares

काठमाडौं । भक्तपुरको गठ्ठाघरमा भएको सडक दुर्घटनाको अध्ययन गर्न उपत्यका प्रहरी कार्यालयका प्रहरी उपरीक्षक (एसपी) प्रजित केसीको नेतृत्वमा समिति बनेको छ ।

समितिले काम गरिरहेको प्रहरी प्रवक्ता डीआईजी दानबहादुर दानबहादुर कार्कीले बताए। यस अघि गृहमन्त्री रमेश लेखकले एक जनाको मृत्यु भएको गठ्ठाघर सवारी दुर्घटनाको गम्भीरतापूर्वक छानबिन गर्न प्रहरी महानिरीक्षक बसन्त कुँवरलाई निर्देशन दिएका थिए ।

बिहीबार दिउँसो ट्रकले ठक्कर दिँदा स्कुटर चालक ओखलढुङ्गाका उत्तम कोइरालाको घटनास्थलमै मृत्यु भएको थियो । ना ६ ख २१७३ नम्बरको ट्रकले बा ३९ प ८९४४ नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालक कोइरालाको मृत्यु भएको हो ।

उक्त घटनाको सार्वजनिक एक सीसीटीभी फुटेजमा ट्रकले स्कुटरलाई घिसार्दै लगेको देखिन्छ । घटनापछि बिहीबार दिनभर भक्तपुरको गठ्ठाघर क्षेत्र तनावग्रस्त बनेको थियो ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083