झापा जिल्ला बुद्धशान्ति गाँउपालिकामा अस्थाई प्रहरी पोष्टको स्थापना
वि.सं.२०८१ भदौ २ आइतवार १७:२२
3.28K
shares
shares

झापा । प्रतिनिधि सभाका सदस्य विश्व प्रकाश शर्माको प्रमुख आतिथ्यतामा अस्थाई प्रहरी पोष्टको उद्घाटन कार्यक्रम सम्पन्न भएको छ । जिल्ला झापा बुद्धशान्ति गाँउपालिका वडा न.४ स्थित मंगलबारेको शान्ती सुरक्षाको अवस्थालाई सुदृढ बनाउन प्रहरी सहायक निरीक्षकको कमाण्डमा ०४ जना रहने गरि उक्त अस्थाई प्रहरी पोष्ट मंगलबारेको स्थापना भएको हो । प्रहरी सहायक निरीक्षकको कमाण्डमा ०४ जना रहने गरि अस्थाई प्रहरी पोष्ट मंगलबारेको उद्घाटन गरि स्थापना गरिएको छ।

उक्त कार्यक्रममा जिल्ला प्रशासन कार्यालय झापाका प्रमुख जिल्ला अधिकारी बन्धु प्रसाद बास्तोला, जिल्ला प्रहरी कार्यालय झापाका कार्यालय प्रमुख प्रहरी उपरीक्षक मिलन के.सी. तथा सुरक्षा निकायका प्रमुखहरु एवं स्थानिय जनप्रतिनिधिहरु लगायतको उपस्थिती रहेको थियो ।
(विज्ञप्तीसहित)































