एआईजी किरण बज्राचार्यको प्रमुख आतिथ्यतामा दर्ज्यानी चिन्ह सुशोभन कार्यक्रम सम्पन्न
वि.सं.२०८१ भदौ ३ सोमवार १६:५९
2.95K
shares
shares

काठमाडौ । काठमाण्डौं उपत्यका प्रहरी कार्यालयका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक एआईजी किरण बज्राचार्यको प्रमुख आतिथ्यतामा दर्ज्यानी चिन्ह सुशोभन कार्यक्रम सम्पन्न भएको छ । कल्पना राई प्रहरी बरीष्ठ नायव निरीक्षक पदबाट प्रहरी निरीक्षक पदमा बढुवाभएकी हुन् ।

दर्ज्यानी चिन्ह सुशोभन पश्चात प्रहरी नायव महानिरीक्षक कृष्ण हरि शर्मा पोख्रेलले सुशोभन समारोहलाई सम्बोधन गर्नु भएको उक्त कार्यक्रममा पदोन्नति हुनु भएका प्रहरी अधिकृतले पदोन्नतिसँगै काँधमा थपिएको जिम्मेवारी अनुरुप पदीय मर्यादा रहने गरी राज्यले खटाएको स्थानमा कटिवद्ध रुपमा कार्य गर्न निर्देशन दिनु भएको थियो ।






























