‘जुडो आधारभूत तालिम’ ८६ औं समूहको दीक्षान्त समारोह कार्यक्रम सम्पन्न

3.39K
shares

काठमाडौ ।  राष्ट्रीय प्रहरी प्रशिक्षण प्रतिष्ठानका निर्देशक प्रहरी नायव महानिरीक्षक डा.मनोज कुमार के.सी.को प्रमुख आतिथ्यतामा ‘जुडो आधारभूत तालिम’ ८६ औं समूहको दीक्षान्त समारोह कार्यक्रम सम्पन्न भएको छ । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा २०८०/१०/१५ गतेदेखी सञ्चालन भएको १५६ कार्यदिन अवधिको ‘जुडो आधारभूत तालिम’ ८६ औं समूहको तालिम दीक्षान्त कार्यक्रम आज सम्पन्न भएको हो ।

प्रमूख अतिथिले दिक्षित भई जाने सम्पूर्ण प्रशिक्षार्थीहरूलाई यस प्रतिष्ठानबाट प्रमाणपत्र, “Black Belt”(1st Dan) प्रदान गर्नुका साथै सर्वप्रथम, द्वितीय र तृतीय हुने प्रशिक्षार्थीहरूलाई “Memento” समेत वितरण गर्नुका साथै जुडो तालिमले सिकाएका कला-कौशल, व्यक्तिगत सुरक्षा, आत्मरक्षा, प्रहरी कार्य, अपराध अनुसन्धान रोकथाम लगायतका अन्य घटना हुने क्षेत्रहरूमा समेत नतिजामुखी प्रतिफल प्राप्त हुनेछ भन्ने विषयमा प्रकाश पार्नुभएको थियो ।

May be an image of 7 people, dais, temple and text

साथै दीक्षित भई जाने प्रशिक्षार्थीहरूलाई कार्यक्षेत्रमा समेत कार्य सम्पादन गर्दा प्रहरी आचरण र अनुशासनको पालना गर्दै उच्च मनोबलका साथ आफ्नो जिम्मेवारी निर्वाह गर्न निर्देशन प्रदान गर्नुभएको थियो । सो कार्यक्रममा ‘जुडो आधारभुत तालिम’ ८६ औँ समूहका तालिम संयोजक प्रहरी निरीक्षक खगेन्द्र अधिकारीले तालिम सम्बन्धी संक्षिप्त प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

उक्त कार्यक्रममा नेपाल प्रहरी अपराध अनुसन्धान विद्यालयका प्रधानाचार्य, प्रतिष्ठानका सह-निर्देशक, उप-निर्देशक लगायत अन्य सिनियर प्रहरी अधिकृत, जुनियर प्रहरी अधिकृत, प्रशिक्षक वर्ग तथा प्रशिक्षार्थीहरूको समेत उपस्थिती रहेको थियो ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083