डीएसपी इन्द्र सुवेदी साउन महिनाको उत्कृष्ट प्रहरी घोषित

3.69K
shares

काठमाडौ । प्रहरी वृत्त मालीगाउँका प्रमुख प्रहरी नायब उपरीक्षक (डिएसपी) इन्द्र सुवेदी  इन्द्र सुवेदी साउन महिनाको उत्कृष्ट प्रहरी घोषित भएका छन् ।

डिएसपी इन्द्र सुवेदीलाई नेपाल सरकार गृह मन्त्रालय तथा जिल्ला प्रहरी परिसर काठमाण्डौद्वारा प्रशंसा-पत्रले सम्मान गरेको हाे।

नेपाल प्रहरी संगठनले दिएको जिम्मेवारी पूर्णरुपमा लगनशील, कर्तव्यनिष्ठ एंव अपराध अनुसन्धान र प्रहरी कारबाहीमा प्रभावकारी भूमिका निर्वाह गर्नुका साथै सर्वसाधारण नागरिकलाई सुरक्षाको अनुभूति गराउने कार्य गरी आम नागरिकका माझ प्रहरी संगठनको गरिमा एंव श्रीवृद्धिमा तपाईले पुऱ्याउनु भएको योदानको उच्च कदर गर्दै २०८१ साल साउन महिनाको “Police of The Month” को रुपमा यो प्रशंसा पत्र प्रदान गरिएको काठमाडौं जिल्ला प्रहरी कार्यालयका एसपी नवराज अधिकारले बताएका छन् ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083