आईजीपी बसन्त कुवँरद्वारा जिल्ला प्रहरी कार्यालय रुपन्देहीको नवनिर्मित भवनको उद्घाटन

4.91K
shares

काठमाडौ । नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आईजीपी) बसन्त बहादुर कुवँरले जिल्ला प्रहरी कार्यालय रुपन्देहीको नवनिर्मित भवनको उद्घाटन गर्नु भएको छ।

उद्घाटन समारोहमा बोल्दै प्रहरी महानिरीक्षक कुँवरले प्रदेश, जिल्ला र ट्राफिक प्रहरी कार्यालयहरूले एउटै प्रहरी कर्मचारीलाई कहिले यो ढोकाबाट कहिले अर्को ढोकाबाट एउटै कार्यालयमा राख्ने गरेको गुनासो गरे।

उनले सम्बन्धित कार्यालयहरूतर्फ सङ्केत गर्दै भने– ‘त्यो हटाउनुपर्छ नयाँ कर्मचारीसँग पनि काम गर्नुपर्छ तर एउटै प्रहरी कर्मचारीलाई बर्षौसम्म राख्नु तपाईंको के स्वार्थ हो । जसले त्यसरी कर्मचारीहरूलाई राखेको छ त्यसको जिम्मा त्यसैले लिनुपर्छ।’

उक्त कार्यक्रममा  लुम्बिनी प्रदेश प्रहरी  कार्यालयका प्रमुख कुबेर कठायत स्थानीय जन प्रतिनिधिहरु सिनियर/ जुनियर प्रहरी अधिकृतहरु लगाएतकाे उपस्थिति रहेको थियाे ।


divya collage
unigloble collage