सशस्त्रका ४ डीआईजी र १५ एसएसपी सरुवा (सुचिसहित)

2.91K
shares

काठमाडौं । सशस्त्र प्रहरी बलका चार नायब महानिरीक्षक (डीआईजी) र १५ वरिष्ठ उपरीक्षक (एसएसपी) को सरुवा भएको छ।

गृह मन्त्रालयको साउन ३२ गतेको निर्णयानुसार उनीहरुको सरुवा गरिएको सशस्त्र प्रहरी प्रधान कार्यालयले बुधबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ। जसअनुसार डीआईजी अभिकुमार खत्रीलाई मानव स्रोत विभागमा सरुवा गरिएको छ।

यस्तै अर्का डीआईजी दुर्गाप्रसाद भट्टराईलाई राष्ट्रिय सुरक्षा परिषद्को सचिवालयमा सरुवा गरिएको हो। एसएसपी कृष्णराज पाठकलाई कैलालीको बडीमालिका जवान तालिम शिक्षालय र अर्का एसएसपी विनोदराज श्रेष्ठलाई सीमा सुरक्षा विभागमा खटाइएको छ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083