विमानस्थल सुरक्षा आधारभूत तालिम (जु.प्र.अ.) १४ औं समूहको समापन कार्यक्रम सम्पन्न

2.63K
shares

काठमाडौ । विमानस्थल सुरक्षा आधारभूत तालिम (जु.प्र.अ.) १४ औं समूहको समापन कार्यक्रम सम्पन्न भएको छ । २०८१ साउन १३ गते देखि  राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान, महारागञ्जमा सञ्चालन भएको विमानस्थल सुरक्षा आधारभूत तालिम (जु.प्र.अ.) १४ औं समूहको समापन कार्यक्रम २०८१ भदौ ११ गते  प्रतिष्ठानका निर्देशक प्रहरी नायव महानिरीक्षक डा. मनोज कुमार के.सी. को प्रमुख आतिथ्यता तथा नागरिक उड्डयान प्रशिक्षण प्रतिष्ठानका प्रमुख टेकनाथ सिटौलाको विशेष आतिथ्यतामा तालिम समापन भएको हो ।

May be an image of 8 people, dais and text

उक्त कार्यक्रममा प्रमुख अतिथिले सम्बोधनका क्रममा विमानस्थल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सरोकारको विषय रहेकोले यस्तो संवेदनशील क्षेत्रमा खटिंदा तालिमबाट प्राप्त ज्ञान र सीपको पूर्णतः कार्यान्वयन गर्नुपर्ने निर्देशन दिनु भएको थियो । साथै विशेष आतिधि नागरिक उड्डयान प्रशिक्षण प्रतिष्ठानका प्रमुखले विमानस्थल सुरक्षामा नेपाल प्रहरी र नागरिक उड्डयान प्राधिकरण बिच निरन्तर समन्वय र सहकार्य कायम राख्न यस तालिमले महत्वपूर्ण भूमिका खेलेको कुरा बताउनु भएको थियो भने तालिम संयोजक प्रहरी नायव उपरीक्षक गुणराज बुढाथोकीले तालिम सम्बन्धी संक्षिप्त प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो ।

कार्यक्रममा नेपाल प्रहरी अपराध अनुसन्धान विद्यालयका प्रधानाचार्य लगायत अन्य सिनियर प्रहरी अधिकृतहरु, जुनियर प्रहरी अधिकृत र प्रशिक्षक वर्ग तथा प्रशिक्षार्थीहरूको समेत उपस्थिति रहेको थियो ।