सेवा निवृत्त भए डीआईजी बिष्णु कुमार के.सी.

3.89K
shares

काठमाडौ । प्रहरी नायव महानिरीक्षक पदबाट बिष्णु कुमार के.सी. सेवा निबृत्त भएका छन् । सेवा अवधिको आधारमा २०८१/०५/१६ गतेबाट सेवा निबृत्त भएका बागमती प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक बिष्णु कुमार के.सी.को बिदाई कार्यक्रम सम्पन्न गरिएको हो ।

विदाइको क्रममा प्रहरी नायव महानिरीक्षकज्यूले सम्पुर्ण प्रहरी कर्मचारीहरुलाई आगामी दिनमा समेत आ-आफ्नो व्यावसायिक तथा व्यक्तिगत ज्ञान, सीपलाई प्रभावकारी रुपमा प्रयोग गरि प्रहरी संगठनको छविलाइ हितमा राखेर काम गर्नु पर्ने बताउँदै आगामी दिनहरु सफल रहोस् भन्ने शुभेच्छा व्यक्त गर्नु भएको थियो । साथै प्रहरी उपरीक्षक दुर्गा राज रेग्मीज्यूले बागमती प्रदेश प्रहरी कार्यालयको तर्फबाट शुभकामना मन्तव्य राख्ने क्रममा प्रहरी नायव महानिरीक्षकज्यूको निर्देशनलाइ मार्गदर्शनको रुपमा ग्रहण गर्नेछौं तथा सदैव माया र सद्भाव पाइरहने अपेक्षा व्यक्त गर्दै सफल नागरिक जीवनको शुभकामना व्यक्त गर्नु भएको थियो ।

May be an image of 4 people and text

सेवा निबृत्त भई जान लाग्नु भएका प्रहरी नायव महानिरीक्षक बिष्णु कुमार के.सी.लाई बागमती प्रदेश प्रहरी गण हेटौंडाका गण प्रमुख प्रहरी उपरीक्षक राकेश सिंह, जिल्ला प्रहरी कार्यालय, मकवानपुरका प्रमुख सिताराम रिजाल, नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यावस्थापन कार्यालय रामनगर चितवनका प्रमुख प्रहरी उपरीक्षक खड्ग बहादुर खत्री, बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाका प्रहरी उपरीक्षक दुर्गा राज रेग्मी, प्रहरी नायव उपरीक्षकहरु, प्रहरी निरीक्षक अन्य मातहत दर्जाका प्रहरी कर्मचारीहरुले पुष्पगुच्छा, फूलमाला, खादा र मायाको चिनो प्रदान गरी बिदाई कार्यक्रम सम्पन्न भएको थियो ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083