सुदूरपश्चिमका एसएसपी बिष्टसहित १३ प्रहरी अधिकृत अवकाशमा

4.51K
shares

धनगढी । सुदू्रपश्चिम प्रदेशमा कार्यरत प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) दिल्लीराज बिष्टसहितका १३ जना प्रहरी अधिकृत सेवा निवृत्त (रिटायर) भएका छन्।

प्रदेश प्रहरी कार्यालयमा कार्यरत एसएसपी बिष्टसहित तीन जना प्रहरी उपरीक्षक (एसपी) र ९ जना प्रहरी नायब उपरीक्षक (डीएसपी) सेवा निवृत्त भएका हुन्। सेवा निवृत्त हुने एसपीमा प्रहरी गण धनगढीमा कार्यरत देबेन्द्रबहादुर पाल, प्रेम बस्नेत र डोटीका विष्णुहरी कोइराला रहेको प्रदेश प्रहरी कार्यालयका एसएसपी श्यामकृष्ण अधिकारीले जानकारी दिए।

उनका अनुसार प्रदेश प्रहरी कार्यालयमा कार्यरत भरत चौधरी, हिक्मत बोहोरासहितका ९ जना डीएसपी समेत रिटायर भएका छन्।

उनीहरु सबैको आइतबार प्रदेश प्रहरी कार्यालयमा आयोजित औपचारिक कार्यक्रमकाबीच प्रदेशका प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) रबिन्द्र केसी बिदाई गरेका छन्।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083