मलाई बन्धक बनाईएको होईन, म माथि गलत प्रचार भयो : सुगम ढकाल

'महासचिव दिपेश पुनमाथिको आरोप झुट हो' : सुगम ढकाल

Nepal Life Insurance Long Ad

काठमाडौँ । माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीको प्राविधिक शिक्षा विशेष जिल्ला समितिको तेस्रो जिल्ला सम्मेलनमा केही समस्या उत्पन्न भएको छ । जसका कारण नयाँ नेतृत्व चयनका लागि थापाथली क्याम्पसमा तय भएको पूर्वनिर्धारित निर्वाचन कार्यक्रम नै अनिश्चितकालका लागि स्थगित भएको छ ।

निर्वाचन समितिका एक सदस्य र अध्यक्ष मण्डलका अर्का सदस्य उपस्थित नभएपछि बिहीबारका लागि तय भएको निर्वाचन कार्यक्रम स्थगित गरिएको र निर्वाचनको मिति, स्थान र समय अध्यक्ष मण्डल तथा निर्वाचन समितिको छलफलपछि तय गरिने अखिल क्रान्तिकारीका एक नेताले जानकारी दिए ।

उनका अनुसार बुधबार उद्घाटन भएको सम्मेलन बिहिबार नयाँ नेतृत्व चयन गर्दै सम्पन्न गर्ने तयारी थियो । तर, केही उम्मेदवार र निर्वाचन समितिमा रहेकाहरु समेत मनोनयन दर्ताको क्रममा अनुपस्थित नभएपछि प्रक्रिया नै सुरु गर्न नसकेको उनको भनाइ छ ।

एक विद्यार्थी नेताका अनुसार सुगम ढकालको जित सुनिश्चित भएपछि विभिन्न बहानामा चुनाव हुन नदिइएको बताए । उनले सितेश झालाई एक पक्षले अध्यक्ष बनाउन खोजेको र त्यो सफल नभएपछि विवाद भएको बताए ।

यस विषयमा पुनलाई उनको विभिन्न नम्बरमा सम्पर्क गर्दा कुनै फोन नम्बर बन्द छ भने कुनैमा रिस्पोन्स नै गरेनन् । थापाथलीमा भएको यो विषयमा निर्वाचन समितिले अध्यक्ष पञ्चा सिंहलाई समेत जानकारी गराइसकेको छ ।

महासचिव दिपेश पुनमाथिको आरोप झुट हो : सुगम ढकाल

यसैबीच ढकालले महासचिवमाथिको आरोप झुटो भएको जिकिर गरेका छन् । रातोपाटीमा समाचार प्रकाशित भएपछि बिहीबार अबेर एक विज्ञप्ति जारी गर्दै उनले समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएका हुन् ।

बन्दसत्र सहमतिमा नहुने देखिएपछि दुई सदस्यीय निर्वाचन समिति गठन गरिएको र दिनभर क्याम्पस परिसरमै रहेपनि ५ बजेसम्म केही प्रक्रिया नै अघि नबढेपछि आफूहरु सबै प्रतिनिधिहरु घरतर्फ लागेको उनको भनाइ छ । ‘कसैको स्वार्थ परिपूर्तिका लागि महासचिव पुनप्रति लगाइएको आरोप सरासर झुट हो’, उनको भनाइ छ ।

(बिज्ञप्तीसहित)

May be an image of text

२८ भदौ २०८१, शुक्रवार १६:३७ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु