डिआईजी लालमणी आचार्यले मधेश प्रदेश प्रहरी प्रमुखको जिम्मेवारी सम्हाले
जनकपुर । प्रहरी नायब महानिरीक्षक (डीआईजी) लालमणी आचार्यले मधेश प्रदेश प्रहरी प्रमुखको जिम्मेवारी सम्हालेका छन् । गृह मन्त्रीस्तरको निर्णयानुसार नेपाल प्रहरी शिक्षालय भरतपुरबाट डीआईजी आचार्यको मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुर सरुवा भएको थियो ।
साथै स्वागत तथा पदभार कार्यक्रम पश्चात उपस्थित प्रहरी अधिकृत तथा जवानहरुलाई समसामयिक विषयवस्तुमा आधारित रहेर आवश्यक नीति निर्देशन समेत दिनु भएको थियो ।
३१ भदौ २०८१, सोमवार १२:४३ बजे प्रकाशित