१२ जिल्लाका सिडिओ हेरफेर, को कहाँ ?

3.99K
shares

काठमाडौं । गृह मन्त्रालयले १२ जिल्लामा नयाँ सिडिओ खटाएको छ। मन्त्रालयले ३६ जना उपसचिवको सरुवा तथा पदस्थापन गर्दा १२ जिल्लामा सिडिओ हेरफेर भएका हुन्।

रसुवाका सिडिओलाई ६ महिना पनि नपुग्दै हटाएर अर्जुन पौडेललाई पठाइएको छ। त्यस्तै जुम्लामा रामबहादुर शाही, रामेछापमा राजु प्रसाद पौडेल, रोल्पामा रोमबहादुर महतले अवसर पाएका छन्।

मुगुमा कमलप्रसाद पाण्डे, बझाङमा ओम प्रसाद भट्टराई, बाजुरामा मेघनाथ पाध्या, मनाङमा मातृका आचार्य, पूर्वी रुकुममा रुद्र प्रसाद न्यौपाने, दैलेखमा नवराज जैसी, हुम्लामा नारायण पाण्डेय, मुस्ताङमा विष्णु प्रसाद भुसाल सिडिओ बनेका छन्।