जिल्ला प्रहरी कार्यालय ललितपुरद्वारा भदौ महिनाको उत्कृष्ट प्रहरी घोषणा

4.3K
shares

ललितपुर । जिल्ला प्रहरी कार्यलय ललितपुरले भदौ महिनाको उत्कृष्ट प्रहरी घोषणा गरेको छ । कार्यालय प्रमुख प्रहरी बरिष्ठ उपरीक्षक शेखर खनालले जिल्ला प्रहरी परिसर ललितपुरमा कार्यरत प्रहरी वृत्त चापागाउँ ललितपुरमा कार्यरत प्रहरी जवान धनसरी सुस्लिङलाई नगद पुरस्कार तथा प्रशंसा-पत्र प्रदान गर्नु भएको थियो ।

नेपाल प्रहरी संगठनले दिएको जिम्मेवारी पूर्णरुपमा लगनशील, कर्तव्यनिष्ठ एंव अपराध अनुसन्धान र प्रहरी कारबाहीमा प्रभावकारी भूमिका निर्वाह गर्नुका साथै सर्वसाधारण नागरिकलाई सुरक्षाको अनुभूति गराउने कार्य गरी आम नागरिकका माझ प्रहरी संगठनको गरिमा राख्न सफल भएको हो ।

May be an image of 2 people and text

उक्त योगदानको उच्च कदर गर्दै नगद पुरस्कार तथा प्रशंसा-पत्र सहित प्रहरी जवान धनसरी सुस्लिङलाई २०८१ साल भदौ महिनाको   “Police of The Month” को घोषित गरि पुरस्कृत गरिएको हो ।

साथै पेशाप्रति समर्पित रही,लगनशिल एवं निष्ठावान भई उत्कृष्ट ढङ्गबाट कार्यसम्पादन गर्ने ९ जना प्रहरी कर्मचारीहरुलाई समेतलाई प्रोत्साहन स्वरुप नगद पुरस्कारद्वारा पुरस्कृत गरिएको थियाे ।