“अनुसन्धान अधिकृत आधारभूत तालिम” दोश्रो समूहको समापन कार्यक्रम सम्पन्न

3.64K
shares

काठमाडौ । “अनुसन्धान अधिकृत आधारभूत तालिम” दोश्रो समूहको समापन कार्यक्रम सम्पन्न भएको छ।

राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान, महाराजगञ्जमा मिति २०८१ साउन १४ गतेदेखि सञ्चालित “अनुसन्धान अधिकृत आधारभूत तालिम” दोश्रो समूहको आज  २०८१/०६/०९ गते नेपाल प्रहरी संगठनका निमित्त प्रहरी महानिरीक्षक प्रहरी अतिरिक्त महानिरीक्षक टेक प्रसाद राईकाे प्रमुख आतिथ्यतामा तालिम समापन कार्यक्रम सम्पन्न भयो ।

उक्त समापन कार्यक्रममा प्रमुख अतिथिज्यूबाट पुरस्कार वितरण गर्नुका साथै निर्देशन सम्बोधनको क्रममा प्रमुखज्यूले आज समापन हुने अनुसन्धान अधिकृतहरुलाई अब उनीहरुले टेक्ने कार्यक्षेत्र चुनौतीपूर्ण रहेको र चुनौतीपूर्ण कार्यक्षेत्रमा सकारात्मक परिणाम दिनसक्ने गरी प्रतिष्ठानले प्रशिक्षित गरेको विश्वास व्यक्त गर्नुभयो ।

चुनौतीको सामना गर्नका लागि ४५ कार्यदिन अवधिको तालिमले सक्षमता प्रदान गर्ने उच्च मनोबल सँगै कार्यक्षेत्रमा खटिन निर्देशन दिनुभयो ।

प्रतिष्ठानका कार्यकारी निर्देशक प्रहरी अतिरीक्त महानिरीक्षक सुदिप गिरीले उपस्थित सबैमा धन्यवाद ज्ञापन गर्नु भएको थियो भने यस प्रतिष्ठानका निर्देशक प्रहरी नायव महानिरीक्षक डा. मनोज कुमार के.सी.ले प्रशिक्षार्थीहरुमा प्रमाण पत्र वितरण गर्नुका साथै तालिम संयोजक प्रहरी नयाव उपरीक्षक कौशल कुमार बुढाथोकीले तालिम सम्बन्धी संक्षिप्‍त प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो ।

उक्त कार्यक्रममा यस प्रतिष्ठानका कार्यकारी निर्देशक प्रहरी अतिरीक्त महानिरीक्षक सुदिप गिरी, राष्ट्रिय अनुसन्धान विभागका अतिरिक्त मुख्य अनुसन्धान निर्देशक टेकेन्द्र कार्की, प्रतिष्ठानका निर्देशक प्रहरी नायव महानिरीक्षक डा. मनोज कुमार के.सी., सिनियर प्रहरी अधिकृत, जुनियर प्रहरी अधिकृत, अन्य प्रहरी कर्मचारीहरू र आज समापन भई जाने प्रशिक्षार्थी अनुसन्धान अधिकृतका आदरणीय अभिभावकज्यूहरूको समेत उपस्थिति रहेको थियो ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083