डिआईजी राजेशनाथ बास्ताेलाद्वारा पदभार ग्रहण

3.32K
shares

भरतपुर । प्रहरी नायव महानिरीक्षक (डिआईजी) नेपाल प्रहरी शिक्षालय भरतपुरका निर्देशक  राजेशनाथ बास्तोलाले आज पदभार ग्रहण गरेका छन् ।
नेपाल प्रहरी प्रधान कार्यालय, मानवश्रोत विकास विभाग, कर्मचारी प्रशासन शाखा नक्सालको पत्र आदेश अनुसार तालुक नेपाल प्रहरी प्रधान कार्यालय अन्वेषण योजना तथा विकाश निर्देशनालय नक्साल काठमाण्डौ दरबन्दी भई  नेपाल प्रहरी शिक्षालय, भरतपुर, चितवनमा काज सरुवा भएका हुन् ।

पदभार ग्रहणपश्चात अमर प्रहरीको सम्झनामा अमर प्रहरी शालिकमा मार्ल्यापण गर्नुको साथै यस शिक्षालयमा कार्यरत प्रहरी कर्मचारीहरूलाई निर्देशन सम्बोधन गर्नु भएको थियो ।

निर्देशन सम्बोधनको क्रममा शिक्षालयका निर्देशक प्रहरी नायव महानिरीक्षक राजेशनाथ बास्तोलाज्यूबाट प्रहरी कर्मचारीहरूमा उच्च अनुशासन कायम गर्दै दिएको जिम्मेवारी निष्ठा, जवाफदेहि तथा उत्तरदायी भई वहन गर्नुपर्ने कुराहरू बताउनु भएको थियो ।

सोही अवसरमा यस शिक्षालयका प्रहरी नायव उपरीक्षक सुर्य बहादुर थापाबाट शिक्षालयको प्रशासनिक, तालिम लगायत अन्य गतिविधि समेटिएको प्रस्तुतिकरण गर्नु भएको थियो । साथै उक्त कार्यक्रममा शिक्षालयका उप-निर्देशक प्रहरी उपरिक्षक भरत बहादुर बि.क., सिनियर प्रहरी अधिकृत तथा जुनियर प्रहरी अधिकृतहरू लगायत सम्पुर्ण प्रहरी कर्मचारीहरुको उपस्थिति रहेको थियो ।