गण्डकीका प्रहरीले गरे ६९औं प्रहरी दिवसको अवसरमा खुल्ला रक्तदान
वि.सं.२०८१ असोज १७ बिहीवार २२:४४
3.16K
shares
shares

गण्डकी । ६९औं प्रहरी दिवसको अवसरमा गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराको आयोजनामा पोखराको चिप्लेढुङ्गा स्थित खुल्ला रक्तदान कार्यक्रमको सम्पन्न भएको छ। कार्यक्रमका प्रमुख अतिथि गण्डकी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक दुर्गा सिंहले नेपाल रेडक्रस सोसाईटी क्षेत्रीय रक्तसञ्चार केन्द्र पोखरा कास्कीका प्रतिनिधि महेन्द्र के.सीबाट प्राप्त रक्तझोला प्रथम रक्तदातालाई हस्तान्तरण गरी कार्यक्रमको उद्घाटन गर्नुभएको थियो ।
गण्डकी प्रदेश प्रहरी अस्पताल पोखरा र नेपाल रेडक्रस सोसाईटी क्षेत्रीय रक्तसञ्चार केन्द्र पोखराको प्राविधिक सहयोगमा सम्पन्न उक्त रक्तदान कार्यक्रममा पोखरा स्थित विभिन्न प्रहरी कार्यालयका प्रहरी कर्मचारीहरु, सामुदायिक सेवा केन्द्रका पदाधिकारीहरु र आम नागरिकहरु गरी ८६ जनाले रक्तदान गर्नुभएको थियो ।















