एआईजी बढुवा : राजनितीक हस्तक्षप, सिनियर छुटाइए

3.61K
shares

काठमाडौं । गृह मन्त्रालयले आजमात्रै नेपाल प्रहरीका दुईजना नायव महानिरीक्षक ९डीआईजी० लाई अतिरिक्त महानिरीक्षक ९एआईजी० मा बढुवा सिफारिस गरेको छ।

मन्त्रालयले आईतबार मध्यराति एकजना प्राविधिक (चिकित्सक) र जनपद प्रहरीका डीआईजीलाई एआईजीमा बढुवा सिफारिस गरेको हो।

बढुवा सिफारिस हुनेहरूमा प्रहरी अस्पतालका चिकित्सक डीआईजी डा. सुन्दरप्रसाद ह्योजु र केन्द्रीय अनुसन्धान ब्यूरोकी डीआईजी किरण राणा रहेका छन्।

उनीहरूलाई प्रहरी नियमावली, २०७१ (संशोधन सहित) को नियम २७ को उपनियम ९४० अनुसार बढुवा सिफारिस गरिएको भन्दै सूची प्रकाशित गरिएको छ।

बढुवा सिफारिस हुने डा. ह्योजु नेपाल प्रहरी अस्पताल महाराजगंजमा कार्यरत छन् भने राणा केन्द्रिय अनुसन्धान व्यूरो लाजिम्पाटमा दरबन्दी भएर काठमाडौंको विमानस्थलमा कार्यरत रहेका छन्।

प्रहरीमा डीआईजी राणाभन्दा वरिष्ठ बुद्वीराज गुरूङ र दुर्गा सिंह चन्द भएपनि बढुवा समितिले ११ दिनमा अवकाशमा जाने राणाको बढुवा सिफारिस गरेको हो।

हाल डीआईजी गुरुङ अख्तियारमा कार्यरत छन् भने दुर्गा गण्डकी प्रदेश प्रहरी कार्यालयको प्रमुखको रुपमा कार्यरत छन्। यस अगाडि उनीहरूलाई नै जनपदतर्फ सिनियारिटीको आधारमा बढुवा दिने कुरा थियो। तर त्यो हुन सकेन।

स्रोतका अनुसार एआईजीमा बढुवा भएकी राणा सत्ताधारी दल नेपाली कांग्रेसका नेता ज्ञानेन्द्रबहादुर कार्कीको नातेदार हुन्। उनलाई सोही कारण बढुवा दिइएको हुनसक्ने देखिएको छ।

यस्तै उता नेपाल प्रहरी अस्पतालमा पनि काबिल अफिसर मानिने डीआईजी डा. संजय बिक्रम श्रेष्ठलाई बढुवामा छुटाइएको छ। उनलाई जेष्ठताको नाममा अन्याय हुनेगरी बढुवा नदिएर ह्योजुलाई बढुवा सिफारिस गरेको बताइन्छ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083