ललितपुर जिल्ला प्रहरी कार्यलयद्वारा असाेज महिनाको उत्कृष्ट प्रहरी घोषणा

4.49K
shares
ललितपुर । ललितपुर जिल्ला प्रहरी कार्यलयले असाेज महिनाको उत्कृष्ट प्रहरी घोषणा गरेकाे छ ।
कार्यलय प्रमुख प्रहरी बरिष्ठ उपरीक्षक शेखर खनालले प्रहरी प्रभाग हरिशिद्धी ललितपुरमा कार्यरत प्रहरी वरिष्ठ हवल्दार तुल बहादुर चन्दलाई २०८१ साल अशोज महिनाको “Police of The Month” घोषित गरि पुरस्कार तथा प्रशंशा पत्र प्रदान गर्नुको साथै पेशाप्रति समर्पित रही,लगनशिल एवं निष्ठावान भई उत्कृष्ट ढङ्गबाट कार्यसम्पादन गर्ने  ४ जना प्र.क.हरु समेतलाई प्रोत्साहन स्वरुप नगद पुरस्कारद्वारा पुरस्कृत गरिएकाे हाे ।
नेपाल प्रहरी संगठनले दिएको जिम्मेवारी पूर्णरुपमा लगनशील, कर्तव्यनिष्ठ एंव अपराध अनुसन्धान र प्रहरी कारबाहीमा प्रभावकारी भूमिका निर्वाह गर्नुका साथै सर्वसाधारण नागरिकलाई सुरक्षाको अनुभूति गराउने कार्य गरी आम नागरिकका माझ प्रहरी संगठनको गरिमा राख्न सफल भएकाे हाे ।

divya collage
unigloble collage
baneshwor multiple campus ad -2083