चितवन प्रहरी प्रमुखको जिम्मेवारी एसपी गौतम मिश्रले सम्हाले
वि.सं.२०८१ कात्तिक ८ बिहीवार २३:४३
shares

चितवन । जिल्ला प्रहरी कार्यालय चितवनको प्रमुखको जिम्मेवारी प्रहरी उपरीक्षक (एसपी) गौतम मिश्रले सम्हालेका छन् ।
जिल्ला प्रहरी कार्यालय चितवनको प्रमुखको जिम्मेवारी प्रहरी उपरीक्षक (एसपी) गौतम मिश्रले आज सम्हालेका हुन्।
बिहीवार उनले कार्यालयमा हाजिर गर्दै औपचारिक रूपमा चितवन प्रहरीको कमाण्ड सम्हालेका हुन्। प्रहरी प्रधान कार्यालयले बुधवार गरेको दुई एसपीको काज सरुवाअन्तर्गत मिश्रलाई चितवनको प्रहरी प्रमुख तोकिएको हो।
चितवन, देशको केन्द्र भागमा रहेको, सुरक्षाको दृष्टिकोणबाट अत्यन्त संवेदनशील जिल्ला मानिन्छ। यसअघि विभिन्न जिल्लामा प्रहरी प्रमुखको जिम्मेवारी सम्हालिसकेका एसपी मिश्र संगठनमा इमान्दार र अनुशासित प्रहरी अधिकृतको रुपमा परिचित छन्। उनले आफ्नो कार्यकालमा जिल्लाभित्र हुने कुनै पनि अपराधीक गतिविधिमा शून्य शहनशीलता अपनाउने प्रतिबद्धता जनाएका छन्।































