“प्रहरी सहायक निरीक्षक आधारभूत तालिम २-१७९ औं समूह” को तालिम समुद्घाटन कार्यक्रम सम्पन्न
वि.सं.२०८१ कात्तिक ९ शुक्रवार १६:१२
4.19K
shares
shares

चितवन । “प्रहरी सहायक निरीक्षक आधारभूत तालिम २-१७९ औं समूह” को तालिम समुद्घाटन कार्यक्रम सम्पन्न भएको छ।
“प्रहरी सहायक निरीक्षक आधारभूत तालिम २-१७९ औं समूह” को आज शिक्षालयका निर्देशक डिआईजी राजेशनाथ बास्तोलाकाे प्रमुख आतिथ्यतामा विधिवत रुपमा तालिम समुद्घाटन सम्पन्न भएको हाे।
उक्त कार्यक्रममा शिक्षालयका निर्देशकले प्रशिक्षार्थीहरूलाई तालिम सफलतापुर्वक सम्पन्नताको लागि शुभकामना व्यक्त गर्नुभएको थियो भने तालिम संयोजक प्र.ना.उ. सुर्य बहादुर थापाज्यूले तालिम सम्बन्धि संक्षिप्त विवरण प्रस्तुत गर्नु भएको थियो ।





















