“पाठ्यक्रम विकास तालिम” चौथो समूहको अन्तरक्रिया तथा समापन कार्यक्रम सम्पन्न

2.93K
shares

काठमाडौ । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक सुदिप गिरीकाे प्रमुख आतिथ्यतामा “पाठ्यक्रम विकास तालिम” चौथो समूहको अन्तरक्रिया तथा समापन कार्यक्रम सम्पन्न भएको छ।

राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा, महाराजगञ्जमा सञ्चालन भएको “पाठ्यक्रम विकास तालिम ” चौथो समूहको अन्तरक्रिया तथा समापन कार्यक्रम आज सम्पन्न भएकाे हाे।

उक्त कार्यक्रममा प्रमुख अतिथिद्वारा दीक्षित भई जाने प्रशिक्षार्थीहरूलाई प्रमाणपत्र वितरण एवं निर्देशन सम्बोधनको क्रममा पाठ्यक्रम निर्माण एवम् वौद्धिक कार्य भएकोले  तालिमको दौरानमा सिकेका ज्ञान, सिप र कौशललाई पाठ्यक्रम निर्माण गर्दा अनिवार्य अङ्गिकार गर्नु पर्ने कुरा समेत गर्नु भएको थियो भने तालिम संयोजक प्रहरी नायब उपरीक्षक गुणराज बुढाथोकी तालिम सम्बन्धी संक्षिप्त प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो ।


divya collage
unigloble collage