प्रहरी उपरीक्षक दिलिप घिमिरेकाे प्रमुख आतिथ्यतामा नागरिक सुनुवाई कार्यक्रम सम्पन्न
वि.सं.२०८१ कात्तिक १४ बुधवार २१:०६
3.41K
shares
shares

राैतहट । जिल्ला प्रहरी कार्यालय राैतहटका कार्यालय प्रमुख प्रहरी उपरीक्षक दिलिप घिमिरेकाे प्रमुख आतिथ्यतामा नागरिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ ।
जिल्ला प्रहरी कार्यालय रौतहटको आयोजनामा जिल्ला रौतहट मौलापुर नगरपालिका वडा नं.५ स्थित रहेको मौलापुर बजारमा उक्त कार्यक्रम सम्पन्न भएको हाे ।
उक्त कार्यक्रममा कार्यालय मातहत ईलाका प्रहरी कार्यालय मौलापुर रौतहटका प्र.नि.प्रवेश कार्कीको अध्यक्षातामा सरकारी,गैरसरकारी,विभन्न संघ-संस्थाका प्रमुखहरू,जनप्रतिनिधिहरू,संचारकर्मीहरु लगायतकाे उपस्थिति रहेको थियाे ।
































