सीमावर्ती क्षेत्रमा हुने अपराध तथा तस्करी नियन्त्रणमा कडाइ गर्न डिआईजी लालमणि आचार्यद्वारा निर्देशन
जनकपुर । सीमावर्ती क्षेत्रमा हुने अपराध तथा तस्करी नियन्त्रणमा कडाइ गर्न डिआईजी लालमणि आचार्यले निर्देशन दिएका छन् ।
जिल्ला प्रहरी कार्यालय पर्साको अनुगमन तथा निरीक्षणको क्रममा मधेस प्रदेश प्रहरी प्रमुख डीआइजी लालमणि आचार्यले पर्सा जिल्ला एरियाको सिमावर्ती क्षेत्रमा तस्करी, सीमा अपराध, लागुऔषध नियन्त्रण गर्न प्रहरीलाई निर्देशन दिएका हुन् ।
सिमावर्ती क्षेत्रहरुबाट हुने चोरी निकाशी नियन्त्रणको लागी प्रभावकारी रुपमा प्रहरी परिचालन गर्ने उदेश्य अनुरुप जिल्ला तथा मातहतमा कार्यरत प्रहरी कर्मचारीहरुलाई आवश्यक निर्देशन समेत दिनु भएको छ ।
निर्देशनको क्रममा डिआईजी आचार्यले सीमावर्ती क्षेत्रमा हुने अपराध, तस्करी, जस्ता गतिविधि नियन्त्रणका लागि प्रहरी निर्ममताका साथ लाग्नुपर्ने र आपराधिक क्रियाकलाप एवं गतिविधिहरूमाथि विशेष निगरानी राख्न निर्देशन दिनु भएको थियाे।
१४ कात्तिक २०८१, बुधवार २२:०७ बजे प्रकाशित