नेपाल प्रहरीमा ८ वटा डिआईजी पद रिक्त : बढुवामा कडा प्रतिस्पर्धा

बरियताको शीर्ष स्थानमा को ?

Nepal Life Insurance Long Ad

उच्च स्रोतका अनुसार डिआईजी बढुवाका सम्भावित उम्मेदवारहरुको कार्यसम्पादन मुल्यांकन खोलेर हेरिसकेको छ ।

गतहप्ता नै गृहसचिव गोकर्णमणि दुवाडीको नेतृत्वमा आईजीपी वसन्त कुँवर समेतको टोलीले बढुवाका सम्भावित उम्मेदवारहरुको कार्यसम्पादन मुल्यांकन नम्बर चेकजाँच गरेको बुझिएको छ ।

आईजीपी कुँवरले यसअघिको बढुवामा विवाद देखिएपछि विवादरहित बनाउने प्रयास गरिरहेका छन् । अहिले रिक्त रहेको डिआईजीका लागि तीन टोली दाबेदार देखिएका छन् ।

आईजी कुँवरकै ब्याचका तीनजना बाहेक पछिल्ला ब्याचका एसएसपीहरु पनि बढुवाका लागि लागिपरेका छन् । जसका लागि २०५३ मा भर्ना भएको टोली र २०५४ को टोली पनि बढुवाको रेसमा छन् ।

कार्यसम्पादन मूल्याकंनमा जेष्ठताको आधारमा प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) सुशिल सिंह राठौर पहिलो नम्बरमा, सिद्धिविक्रम शाह दोस्रो नम्बरमा, उमाप्रसाद चतुर्वेदी तेस्रो नम्बरमा, दिनेश आचार्य चौथो नम्बरमा परेको भेटिएको स्रोतले जानकारी दिएको छ ।

त्यस्तै पाँचौं नम्बरमा गणेश चन्द, छैठौं नम्बरमा ओम बहादुर राना र सातौं नम्बरमा भोला रावल र आठौं नम्बरमा ध्रुवराज राउत परेको बताइएको छ ।

राठौर, शाह, चतुर्वेदी र राना २०५३ को सिनियर टोली हो भने आचार्य, २०५४ को टोली हो । यस्तै चन्द, रावल र रावत चाहिँ आईजीपी कुँवरकै ब्याची हुन् ।

स्रोतका अनुसार कार्यसम्पादन मूल्याकंन नम्बर हेरेपछि गृहसचिव दवाडीले गृहमन्त्री रमेश लेखकलाई पनि सोहिअनुसार ब्रिफिङ गरेका छन् ।

त्यस्तै राजेन्द्र प्रसाद भट्ट, डम्बर बहादुर विक, हिमालय कुमार श्रेष्ठ, ईश्वर कार्की, अरुण पौडेल, गोविन्द थपलिया, माधव श्रेष्ठ, मनोज कुमार यादव, दिपेन्द्र घर्ति क्षेत्रीलगायतका एसएसपीहरु पनि प्रतिस्पर्धामा छन् ।

 

२४ कात्तिक २०८१, शनिवार ११:२४ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु