हृदयरोग सम्बन्धी सचेतनामूलक कर्यक्रम सम्पन्न

Nepal Life Insurance Long Ad

बिराटनगर । हृदयरोग सम्बन्धी सचेतनामूलक कर्यक्रम सम्पन्न भएको छ ।

२०८१ कात्तिक २५ गते आईतबार हृदयरोग विशेषज्ञ डा.भगवान कोईरालाद्वारा कोशी प्रदेश प्रहरी तालिम केन्द्र, विराटनगर परिसरमा अवस्थित बहुउद्देश्यीय भवनमा हृदयरोग सम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न भएको हाे ।

तालिम प्रदाय संस्थाको वाह्य प्रशिक्षण गतिविधिमा प्रत्यक्ष संलग्न रहने प्रशिक्षक वर्गहरुको लागी पहिलो सर्त “स्वास्थ्य मुटु” भएको हुँदा र विगतमा केन्द्रमा कार्यरत केही प्रशिक्षकहरुमा मुटु रोगको कारण भएको स्वास्थ्य समस्या र क्षतिलाई कम गर्ने उद्देश्य अनुरुप डा. भगवान कोईरालाज्यूद्वारा Heart Health, Leadership, Integrity, Handling Emotions, Mind & Body Health लगायतका विषयमा उपस्थित सम्पूर्णमा सचेतना गराउनका साथै सहभागीहरुबाट आएको जिज्ञाशाको सम्बोधन समेत गर्नु भयो ।

कार्यक्रमको अन्त्यमा केन्द्रका समादेशक प्रहरी बरिष्ठ उपरीक्षक अबि नारायण काफ्लेद्वारा सम्मान स्वरुप डा. भगवान कोईरालालाई मायाको चिनो प्रदान गर्नु भयो ।

उक्त कार्यक्रममा जिल्ला प्रशासन कार्यालय मोरङका प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद भट्टराई, तालुक कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक चन्द्र कुबेर खापुङ, तालिम केन्द्रका समादेशक प्रहरी वरिष्ठ उपरीक्षक अबि नारायण काफ्ले,  कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक भिम बहादुर दाहाल, नोबेल मेडिकल कलेज टिचिङ हस्पिटल विराटनगरका मुटु रोग विशेषज्ञ डा. राजेश नेपाल, जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख प्रहरी उपरीक्षक नारायण प्रसाद चिमरिया,  तालिम केन्द्रका प्रहरी निरीक्षकहरू लगायतको उपस्थिती रहेकोमा तालिम केन्द्रमा कार्यरत विभिन्न दर्जाका प्रहरी कर्मचारीहरुको सहभागिता रहेको थियो।

२७ कात्तिक २०८१, मंगलवार २१:०६ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु