नेपाली सेनाका तालिमरत अधिकृतहरूद्वारा नेपाल प्रहरी प्रधान कार्यालयको अवलोकन

4.03K
shares

काठमाडौ । नेपाली सेनाका तालिमरत अधिकृतहरूबाट नेपाल प्रहरी प्रधान कार्यालयको अवलोकन भ्रमण गरेका छन् ।

नेपाली सैनिक वार कलेज नगरकोट, भक्तपुरमा सञ्चालन भईरहेको सि.सं. ५ अल आर्म्स कमाण्ड तथा स्टाफ तालिमका ४३ जना शिक्षार्थीहरूद्वारा नेपाल प्रहरी प्रधान कार्यालयको अवलोकन भ्रमण सम्पन्न गरेका हुन्।

सो क्रममा सहभागी सैनिक अधिकृतहरूले नेपाल प्रहरी प्रधान कार्यालयस्थित डाटा सेन्टर, पोलिग्राफ शाखा, डिजिटल फरेन्सिक ल्याब र सङ्ग्राहलय समेतको अवलोकन गर्नुभएको थियो ।

कार्यक्रममा डीआइजी दान कार्कीले नेपाल प्रहरीको परिचय, विकासक्रम, काम, कर्तव्य र वर्तमान अवस्था, नेपाली सेना र नेपाल प्रहरी बीचको समन्वय र सहकार्यको क्षेत्र, प्रदेश समायोजनका समस्या लगायतका विषयमा प्रस्तुतीकरण गर्नुभएको थियो।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083