डीआइजी कृष्ण हरि शर्माको प्रमुख आतिथ्यतामा सडक दुर्घटना तथा न्यूनीकरण सम्बन्धी ट्राफिकसँग छलफल

2.54K
shares

हैटाैडा । बागमती प्रदेशका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआइजी) कृष्ण हरि शर्माको प्रमुख आतिथ्यतामा सडक दुर्घटना तथा न्यूनीकरण सम्बन्धी ट्राफिकसँग छलफल र अन्तरक्रिया सम्पन्न भएको छ।

बागमती प्रदेशका प्रहरी प्रमुख डीआइजी महानिरीक्षक कृष्ण हरि शर्माको प्रमुख आतिथ्यतामा सडक दुर्घटना न्यूनीकरण, सडक सुशासन र सुरक्षा, ट्राफिकसँग छलफल तथा अन्तरक्रिया सम्पन्न भएको हाे।

नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय रामनगर, चितवनले आयोजना गरेको उक्त कार्यक्रममा बागमती प्रदेश मातहतका ट्राफिक प्रमुखहरूको सहभागिता रहेको बागमती प्रदेश ट्राफिक प्रमुख एसपी नरेशराज सुवेदीले बताए ।

उक्त कार्यक्रममा जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रमुख गौतम मिश्रा लगायत विभिन्न जिल्लाका ट्राफिक प्रमुखहरू सहभागी रहेका थिए ।


Mitsubishi Long Ad