लैंगिक हिंसा बिरुद्धको १६ दिने अभियान अन्तर्गत सचेतनामूलक प्रभातफेरी कार्यक्रम सम्पन्न

3.45K
shares

काठमाडौ । जिल्ला प्रहरी परिसर काठमाडौंका कार्यालय प्रमुख प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) वसन्त रजौरेकाे प्रमुख आतिथ्यतामा   लैंगिक हिंसा बिरुद्धको १६ दिने अभियान अन्तर्गत सचेतनामूलक प्रभातफेरी कार्यक्रम सम्पन्न भएको छ।

 

समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत प्रहरी बृत्त नयाँबानेश्‍वर, काठमाडाै महानगरपालिका ३१ वडा कार्यालय,सामुदायिक विकास तथा सेवा समिति एवं सामुदायिक प्रहरी सेवा केन्द्र बानेश्वर,का.म.न.पा.३१ वडा महिला संञ्जाल समिति र लैगिंक हिंसा संञ्जाल समितिको संयुक्त आयोजनामा सामुदायिक विकास तथा सेवा समितिका उपाध्यक्ष उज्जन श्रेष्‍ठकाे सभाध्यतामा, लैंगिक हिंसा बिरुद्धको १६ दिने अभियान अन्तर्गत बृहत सचेतनामूलक प्रभातफेरी नेपाल कमर्श क्याम्पस देखि शुरु गरि बागमति अर्पाटमेन्ट हुदै अनमोल क्याटरीङ्गमा पुगी औपचारिक कार्यक्रम शुरु गरिएको थियोे ।

कार्यक्रममा नेरीक एकेडेमी स्कुलका विद्यार्थीहरूबाट लैङ्गिक हिंसा उन्मूलन सम्बन्धी सचेतनामूलक नाटक समेत प्रस्तुत गरिएको थियाे ।

उक्त कार्यक्रममा कामपा ३१ वडाका वडा अध्यक्ष सरोज ढकाल , प्रहरी बृत्त नयाँ बानेश्‍वरका कार्यालय प्रमुख प्रहरी नायव उपरिक्षक श्री बिरेन्द्र गोदार  , कामनपा ३१ का वडा जनप्रतिनिधिहरु, टोल सुधार समिति, क्लव ,विद्यालयका प्रतिनिधि,महिला समुह, आमा समुह,व्यवसायी, नागरिक समाज, सामाजिक संघ संस्थाहरुका प्रतिनिधि, विद्यार्थीहरू, स्थानीय लगायतको सहभागितामा प्रभात फेरी तथा सचेतना कार्यक्रम सम्पन्न गरिएको थियाे ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083