गृहमन्त्री रमेश लेखकद्वारा कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको निरीक्षण

2.86K
shares

बिराटनगर । गृहमन्त्री रमेश लेखकले कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको निरीक्षण भ्रमण गर्नु भएको छ । निरीक्षण भ्रमणको क्रममा गृहमन्त्री रमेश लेखकलाई कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक चन्द्र कुबेर खापुङ सहित प्रहरी अधिकृतहरुले स्वागत गर्नु भएको थियो ।

निरीक्षण भ्रमणको क्रममा गृहमन्त्री रमेश लेखकले कार्यालयको अवलोकन गर्नुका साथै कोशी प्रदेशको बर्तमान शान्तिसुरक्षाको अवस्था, जनशक्ति व्यवस्थापन, अपराधको बिद्यमान अवस्था र चुनौती, प्रदेश प्रहरी कार्यालयद्वारा गरिएका नविनतम तथा रचनात्मक कार्यका साथै तालुक गृहमन्त्रालयसंगको अपेक्षा सम्वन्धमा कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रहरी वरिष्ठ उपरीक्षक भीम बहादुर दाहालले गर्नु भएको प्रस्तुतिकरण अवलोकन गर्नु भएको थियो ।

 


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083